FAQs Complain Problems

प्रथम जननिर्वाचित प्रतिनिधिहरु पद वहाली गरेको २ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम

२०७६ जेष्ठ १० गते शुक्रवार

सूर्यविनायक नगरपालिका

कटुञ्जे, भक्तपुर

३ नंं प्रदेश, नेपाल

 

आजको कार्यक्रमका प्रमुख अतिथि संघीय संसदका सदस्य तथा पूर्व उद्योग मन्त्री माननीय महेश बस्नेतज्यू, सूर्यविनायक नगरपालिकाका उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, न्यायिक समितिका सदस्यहरु, कर्मचारीहरु तथा उपस्थित सम्पूर्ण पत्रकार मित्रहरु,

१. नेपालको संविधान र विद्यमान संघीय शासन प्रणालीमा तहगत सरकारको रुपमा सूर्यविनायक नगरपालिका रहेको छ । हामीले २०७४ साल जेष्ठ १० गते शुक्रवारका दिन कार्यभार ग्रहण गरी निर्वाचित स्थानीय सरकारको रुपमा कार्य थालनी गरेको आज ठीक २ वर्ष पुरा भएको छ । संघीय संचनामा मध्ये स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । यही सैद्धान्तिक पृष्ठ धरातलमा रहेर २ वर्षको अवधिमा पु¥याएको सेवा सुविधा र विकास निर्माणको कार्यप्रति हामी निर्वाचित जनप्रतिनिधिहरुले गौरवको अनुभूति गरेका छौं । “कृषि, शिक्षा, पर्यटन र पूर्वाधारः सूर्यविनायक समृद्धिको मूल आधार” लाई मूर्तरुप दिन हामी सम्पूर्ण निर्वाचित पदाधिकारीहरुले एक मत भई सङ्कल्प गरेका छौं । “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न आर्थिक, सामााजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट खाका निर्धारण गर्दै आर्थिंक वर्ष २०७४÷७५ र आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरिएको छ । यसबाट विगतमा ग्रामीण परिवेशमा रहेको सूर्यविनायक नगरपालिकामा भौतिक, आर्थिक र सामाजिक रुपमान्तरणमा महत्वपूर्ण योगदान पुग्दै गएको अनुभूति गरिएको छ ।

२. राष्ट्रलाई निरङ्कुश सामन्ती शासन प्रणालीको अँध्यारो कालखण्डबाट जनताको प्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमाा पु¥याउने क्रममा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान, लोकतन्त्र र जनजीविकाको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पु¥याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु ।

३. स्थानीय तहले संघ र प्रदेश सरकारको विकास सम्वन्धी सोंच, लक्ष्य, उद्देश्य प्राप्त गर्न समन्वय, सहयोग र सहकार्य गर्दै स्थानीय अर्थतन्त्रको विकास र विस्तारबाट “समृद्धिको आधार” निर्माणमा महत्वपूर्ण भूमिका रहनेमा हामी स्पष्ट छौं । साधन श्रोतको वढोत्तरी, सेवाप्रदायक निकायहरुमा सहज पहुँचसँगै निकायगत अन्तर साझेदारीमा हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । यसर्थ, हामीले संघ तथा प्रदेश तहको योजना तथा नीति अनुरुप नीति, योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दै आएका छौं । विकास र सुशासन अभिबृद्धि गर्दै प्रभावकारी सेवा प्रवाहको आधार केन्द्रको रुपमा स्थापना गर्दै जनतालाई पु¥याउनु पर्ने कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी तथा सरसफाई लगायतका सार्वजनिक सेवा सुविधाको प्रत्याभूति दिन हाम्रो महत्वपूर्ण भूमिका रहनेछ । यसका लागि हामीले सरकारी, निजी, गैरसरकारी, सामुदायिक क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने नीति लिएका छौं । शान्ति, सुरक्षा, रोजगारी अभिबृद्धि, सामाजिक सुरक्षा र मावन श्रोतको क्षमता विकासमा सहयोगी भूमिका स्थापित गर्दै स्थानीय सरकारको संयन्त्रबाट प्रवाह हुने सेवालाई समावेशी, व्यवसायिक, प्रतिस्पर्धी, सेवामुखी र स्वावलम्वी बनाउदै स्थानीय सुशासनको संस्थागत विकासमा हामी प्रतिवद्ध रहेका छौं ।

४. निर्वाचित जनप्रतिनिधि वहाल भएको २ वर्षको अवधिमा महत्पूर्ण उपलब्धीहरु हाँसिल भएका छन् । ग्रामिण, दुर्गम र पछाडि परेका क्षेत्रहरुमा आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि प्राथमिकताकासाथ कार्य गरिएको छ । सूर्यविनायक नगरपालिकालाई स्थानीय सरकारको रुपमा संस्थागत विकास गर्दै लैजान ३७ वटा कानूनहरुको निर्माण गरी लागु गरिएको छ ।

५. जनताको घरदैलोसम्मको सेवालाई चुस्त, प्रभावकारी, नतिजामुखी र जनउत्तरदायी बनाउन वडा कार्यालयको संगठन संरचना र दरवन्दीमा ५१ औं कार्यपालिकाको वैठकबाट परिमार्जन गरिएको छ । नेपाल सरकारबाट समायोजन भई आएका सबै कर्मचारीहरुको उचित ब्यवस्थापन गरिएको छ । वडा कार्यालय सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, २०७६ स्वीकृत गरी सेवा प्रवाह प्रभावकारी बनाउने प्रवन्ध मिलाइएको छ ।

६. “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय सोंच सहितको विकासका लक्ष्यहरु हाँसिल गर्न सूर्यविनायक नगरपालिकाको तेश्रो नगरसभाबाट आर्थिक वर्ष २०७५÷७६ का लागि रु ७६ करोड ४५ लाख २७ हजार वार्षिक बजेट स्वीकृत गरिएकोमा चालु खर्च तर्फ रु ३९ करोड २४ लाख ४३ हजार र पूँजीगत तर्फ रु ३७ करोड ४५ लाख २७ हजार रकम रहेको छ ।

७. स्वीकृत वार्षिक बजेट अनुसार २०७६ साल वैशाख मसान्तसम्म चालु तर्फ ७९ प्रतिशत र पूँजीगत तर्फ ७१ प्रतिशत रकम खर्च भईसकेको छ ।

८. कूल बजेटमा खर्च व्यहोर्ने श्रोतहरु मध्ये २०७६ साल वैशाख मसान्तसम्म नगरपालिका आन्तरिक राजस्व रु २८ करोड, ३५ लाख, १४ हजार ९५७, संघको राजस्व वाँडफाँड रु ९ करोड १४ लाख ६५ हजार, प्रदेशको राजस्व वाँडफाँड रु २ करोड,  नगद लागत साझेदारी रकम रु २ करोड ५ लाख, सामाजिक सुरक्षा भत्ता वापत रु.४ करोड ८६ लाख, संघको समानीकरण अनुदान रु १९ करोड ६१ लाख, प्रदेशको समानीकरण अनुदान रु ९२ लाख ८२ हजार, संघको सशर्त अनुदान रु १५ करोड २१ लाख ७३ हजार, प्रदेश सरकारको सशर्त अनुदान रु ५ करोड ८५ लाख, सडक वोर्डको रकम रु. २५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको रु ५३ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम  (मा. महेश वस्नेत) रु १ करोड ५ लाख र अन्य आय रु.१ करोड ५७ लाख गरी जम्मा रु. ९१ करोड ७७ लाख ३५ हजार ७०७ आय नगरपालिकाको सञ्चित कोषमा आम्दानी दाखिला भएको छ । यसरी २०७६ साल वैशाख मसान्तसम्मको नगरपालिकाको आय स्वीकृत बजेटको १२० प्रतिशत आय प्राप्त गर्न हामी सफल भएका छौं ।

९. सूर्यविनायक नगरपालिकाले करको दर नवढाउने तर सबै प्रकारका आर्थिक क्रियाकलापहरुलाई करको दायरा भित्र ल्याउने सैद्धान्तिक आधारको कार्यान्वयन गर्ने, कर प्रशासनको क्षमता र दक्षता एवम् प्रभावकारीता बृद्धिमा उच्च महत्व दिएको छ । सोही अनुरुप ब्यवसाय दर्ता अभियान सञ्चालन, राजस्व संकलन कार्यमा अन्लाइन सफ्टवेयरको प्रयोग, घरवहाल कर स्वयम् घोषणा कार्यक्रमको वडागत अभियान र आय बृद्धिका लागि मालपोत तथा भूमिसुधार कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायतका सरकारी निकायहरुसँगको सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने रणनीति अवलम्वन गरिएको छ । फलस्वरुप आर्थिक वर्ष २०७५÷७६ मा रु १२ करोड १० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा वैशाख मसान्तसम्म रु  ३९ करोड ५४ लाख ८९ हजार ९५७ आन्तरिक राजस्व संकलन भई जुन लक्ष्यको तुलनामा ३२७ प्रतिशत वढि आन्तरिक राजस्व परिचालन गर्न सफल भएका छौं ।                     

१०. सूर्यविनायक नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोमा सोही अनुरुप तरकारी खेतीका लागि ११९ बटा टनेल, ६८०० के.जी. धानको बीउ, ३५ वटा साना सिचाई आयोजना, २५०० घर परिवारका लागि तरकारी विउ, १५ वटा हाते ट्याक्टर, २५ जना युवालाई कृषि अनुदान, २१०० घर परिवारका लागि मकैको बीउ, गाई तथा भैसीमा २२३४ कृत्रिम गर्भदान, नियमित पशु उपचार ७६५० र गोवर परीक्षण १०१ गरिएको छ । नगरपालिकामा रहेको कृषि तथा पशुपन्छी विकास शाखाले नीतिगत तथा कार्यगत प्रवन्ध मिलाउनुका साथै हाम्रा कृषि तथा पशु सेवा केन्द्रबाट जनतालाई टोल र वस्तीमा नै सेवा प्रदान गर्दै आएका छौ ।

११. सबैका लागि गुणस्तरीय शिक्षा, सूर्यविनायक नगरपालिकाको प्रतिवद्धता भन्ने मूल नारा तय गरिएकोमा सामुुदायिक तथा संस्थागत विद्यालयहरुको क्षमता विकास कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयहरु मध्ये ५ वटा विद्यालयहरु एक आपसमा गाभी सामुदायिक विद्यालयको संख्या ३४ कायम भएको छ । विद्यालय भर्ना अभियानबाट सामुदायिक विद्यालयहरुमा १०५० जना विद्यार्थी संख्या थप भएको, शिक्षकहरुको क्षमता तथा बृत्ति विकासकालागि लागि ५१ जना शिक्षकहरुको सरुवा, पदस्थापना तथा दरवन्दी मिलान गरिएको छ । रिक्त दरवन्दीमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक छनौट गरी करार सेवामा शिक्षण कार्यमा लगाउने गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा गरिव, पिछडिएका वर्ग तथा समुदायका वालवालिकाहरु १३३७ जनालाई निःशुल्क छात्रबृत्ति प्रदान गरिएको छ । सामुदायिक विद्यालयका शिक्षकहरु मध्ये ३९ जनालाई आधारभूत कम्प्यूटर सीप विकास तालीम प्रदान गरिएको र आर्थिक वर्ष २०७६÷७७ को शैक्षिक क्यालेण्डर निर्माण गरी लागू गरिएको छ ।

१२. नगरपालिकाको सेवा सुविधालाई आधुनिक प्रविधि मैत्री बनाउन नगर कार्यपालिका, वडा कार्यालयहरु र सामुदायिक विद्यालयहरुमा ई–हाजिरी प्रणाली, सि.सि.टि.भि.बाट सेवा प्रवाहको अनुगमन, नगर डिजिटल प्रोफाइलको तयारी, मोवाईल एप्स, निःशुल्क वाइफाइ, राजस्व तथा लेखा प्रणाली कम्प्यूटकृत गरिएको छ ।

१३. स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा रहेको तथ्यलाई आत्मसाथ गर्दै नगर क्षेत्रमा आम नागरिकलाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम लागु गरिएको छ । कडा रोग लागेका विपन्न नगरिकका लागि रु १ लाखको औषधि उपचार १८ जना लाई सिफारिश, ६ वटा स्वास्थ्य संस्थाबाट प्याथोलोजी सेवा सहित निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, १० वटै वडामा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, बृहत घुम्ती शिविर मार्फत वडा नं. ७, ९ र १० वडामा विशेषज्ञ सेवा सहित १९८८ जना नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, वडा नं. ७ र वडा नं. ९ लाई लक्षित गरी थप दुईवटा स्वास्थ्य केन्द्रको निर्माण, दधिकोटमा रु ५० लाखको लागतमा सामुदायिक अस्पतालको निर्माण जस्ता कार्यहरु गरिएका छन् । आगामी दिनमा समेत स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउन नगरपालिकाले उच्च प्राथमितामा राखेको छ । नगर क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्थाहरुबाट नागरिकका लागि निःशुल्क औषधी वर्षभरिलाई पुग्ने गरी उचित प्रवन्ध मिलाइएको छ ।

१४. वि.सं. २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षतिगस्त आवासहरुको पुनः निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा समेत यस्ता घर निर्माणका लागि लाग्ने राजस्व शत प्रतिशत छुट गरेको छ । यस नगरपालिकामा रहेका जम्मा सूचीकृत ७४१६ लाभग्राही मध्ये पहिलो किस्ता लिने ६८०८, दोश्रो किस्ता २९८६ र तेश्रो किस्ता २७३२ जनाले सुविधा पाएको अवस्था छ । वास्तविक भूकम्प पीडित भई लाभग्राहीको सूचीमा सूचीकृत हुन छुट भएकाहरुका लागि समेत नगरपालिकाको विशेष पहलमा यस्तो छुट दर्ताका लागि यही महिनामा अभियान सञ्चालनमा समेत रहेको छ ।

१५. नगरपालिका क्षेत्रलाई विपद जोखिम कम गर्न नगर प्रमुखको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गरिएको छ । विपद ब्यवस्थापन कोषमा रु १ करोड रकम जम्मा गरिएको छ । नगरपालिकाबाट सञ्चालन तथा ब्यवस्थापन भएका योजनाहरुलाई वातावरण मैत्री तथा विपद जोखिम न्यूनीकरण युक्त बनाउन संवेदनशील हुने गरिएको छ ।

१६. नगर क्षेत्रलाई स्वच्छ, सफा र वातावरण मैत्री नगरको रुपमा कार्यान्वयन गर्दै लैजान नगर प्रमुखको संयोजकत्वमा ३५ सदस्यीय एम वास समिति गठन गरिएको छ । नगरपालिका भित्रका मठ मन्दिर तथा भित्री वाटाहरुमा ६७ वटा सोलार वत्ती, सामुदायिक विद्यालयहरुमा सोलार लाइट वितरण गरिएको छ । हनुमन्ते सफाई अभियानको ६४ औं हप्ता पुरा भएको छ । प्रत्येक वुधावार अरनिको राजमार्ग सफाई अभियानमा निरन्तरता कायम रहेको छ । निजी क्षेत्रसँगको सहकार्यमा घर दैलोबाटै फोहोर संलकन गर्ने प्रवन्ध मिलाइएको छ । आगामी दिनहरुमा वडागत रुपमा नै सफाई अभियान सञ्चालन गर्दै नगर क्षेत्रमा सफाई संस्कृतिको अभ्यास गरिनेछ । नगर प्रहरी परिचालन गरी नगर क्षेत्रका अनियिमत पार्किङ, सडक पेटी व्यवस्थापन तथा सरसफाई कार्यमा सहयोग र समन्वय गरिएको छ । .नगरपालिकाको पूर्ण सरसफाई रणनीतिक योजना, २०७६ तयार भएको छ । यूएन हाविटाटको सहयोगमा नगर क्षेत्रमा पूर्ण सरसफाई कार्यक्रममा चालु आर्थिक वर्षमा नै थप रु ५० लाख रकम लगानी गरिनेछ ।

१७. देश विकासको आधार स्तभको रुपमा रहेको सहकारी क्षेत्रको ब्यवस्थापन तथा परीचालनमा नगरपालिकाले उच्च महत्व प्रदान गरेको छ । नगर क्षेत्रमा रहेका १२४ सहरकारी मध्ये वचत तथा ऋण सहकारी ९०, वहुउद्देश्य १२, कषि १५, दुग्ध ६ र मौरी १ रहका छन् । यी मध्ये वैशाख मसान्तसम्म सूचीकृत भएका सहकारीहरुको संख्या जम्मा ५५ रहेका छन् ।

१८. प्रधाानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नगरपालिका क्षेत्रमा ४१८ जना वेरोजगार ब्यक्तिहरुको पहिचान गरिएको छ । पहिचान भएका वेरोजगार ब्यक्तिहरुका लागि परिचय पत्र वितरण गर्ने र वडागत रुपमा वेरोजगार ब्यक्तिहरुको समूह निर्माण गरी नगर क्षेत्रमा श्रममूलक ससाना भौतिक सुधार तथा पुनःनिर्माणका कार्यहरु हुनेछन् । यसबाट नगर क्षेत्रमा रहेका वेरोजगारहरुलाई रोजगार र स्वःरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

१९. महिला लक्षित कार्यक्रम अन्तरगत विभिन्न समूह मार्फत वडागत रुपमा ४७२ जनाका लागि सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरिएको छ । ८८४ वटा जेष्ठ नागरिक परिचय पत्र, २४ अपाङ्ग परिचय पत्र वितरण भएका छन् । नगरपालिकाका सबै वडाहरुमा लक्षित वर्गका कार्यक्रमहरु अन्तरगत सीप तथा रोजगारमूलक तालिमहरु सञ्चालन भईरहको छन् । वालवालिका तथा युवा लक्षित कार्यक्रमहरुले समेत उच्च प्राथमिकतामा रही कार्यक्रमहरु सञ्चालनमा आएका छन् ।

२०. नगर क्षेत्रको बजारलाई स्वच्छ र प्रतिप्रर्धी बनाउन ६३ वटा पसल ब्यवसायहरु अनुगमन भएका छन्, १०० वटा पसल थप अनुगमन गर्न कार्ययोजना स्वीकृत गरिएको छ । नगर क्षेत्रका सम्पूर्ण मासु पसलका लागि १ दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।

२१. नेपाल सरकारको विषयगत मन्त्रालय तथा विभाग एवम् आयोजना परियोजनाहरु र प्रदेश सरकारको सहयोग एवम् समन्वय र सहकार्यमा रु ८० करोडको लागतमा हनुमन्ते कोरिडोर निर्माण, रु १४ करोडको लागतमा २ कि.मि. लामो पाण्डुबजार–कटुन्जे सडक कालोपत्रे, गुण्डु–पिपलडाँडा २ कि.मि. सडक कालोपत्रे, रु ११ करोड ५७ लाख लागतको पँलासे– डोलेश्वर सडक, नगर क्षेत्रका १८ वटा सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रस्तावको तयारी सहित बजेट माग, नगर क्षेत्रमा पुल तथा ट्रस व्रिजहरुको निर्माण, खानेपानी आयोजना तथा पानी ट्याङकी निर्माण, सामुदायिक स्कूल भवन निर्माण र मठ मन्दिरको पुनःनिर्माण, ढल निकास, सार्वजनिक प्रति जग्गाहरुको सीमांकन र संरक्षण, बाटोको मापदण्ड तथा सीमांकन सहितको साइडवाल निर्माण जस्ता कार्यहरु गरिएका छन् । नगरको बजेटका अतिरिक्त सञ्चालन तथा ब्यवस्थापनमा आएका यी र यस्ता आयोजना तथा कार्यक्रमहरुमा नगरपालिकाले स्वामित्व वोध गर्दै सिलन्याश तथा उद्घाटन, कार्यगत स्थलगत निरीक्षण तथा देखिएका विवादहरु समाधान गर्दै विकास निर्माणको कार्यमा तीव्रता कायम गरिएको छ । नेपाल सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटबाट कार्य गर्ने स्थलमा ढल निकास, विद्युत तथा टेलिकमका पोलहरु सार्ने तथा अन्य सानातिना कार्यमा नगरपालिकाको तर्फबाट लागत साझेदारीका लागि बजेट विनियोजित गर्दै कार्यमा पूर्णता दिने नीतिलाई कार्यरुप दिएको छ ।

२२. नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि रु ३५ करोड लागतको विस्तृत परियोजना प्रस्ताव स्वीकृत भएको छ । त्यस्तै, वडा नं. ७ को वडा कार्यालयको भवनमा तल्ला थप तथा वडा नं. १० र ६ को वडा कार्यालय भवन निर्माणको प्रस्ताव तयार पारिएको छ । वडा नं. ९ को वडा भवनको क्षमता विस्तार र प्रवलीकरणको कार्य गरिएको छ । नगरपालिका तथा वडा कार्यालयहरुको भवन निर्माणमा जिल्ला समन्वय समिति, संघ र प्रदेश सरकारसँग लगानीमा साझेदारी गर्ने रणनीतिगत ब्यवस्था मिलाइएको छ ।

२३. सूर्यविनायक नगरपालिकामा उप प्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिमा हालसम्म ७९ बटा उजुरीहरु दर्ता भएकोमा ३२ वटा प्रक्रियामा, तामेली १४, मेलमिलाप १९, न्यायिक निरुपण ३ र अदालत पठाएको ११ वटा रहेका छन् । न्याय सम्पादनलाई प्रभावकारी बनाउन र विवादको निरुपण वस्तीतहमा नै हुन सकोस भनी ३४ जनालाई सामुदायिक मेलमिलाप तालिम प्रदान गरिएको छ ।

२४. आर्थिक वर्ष २०७५÷७६ मा वडागत रुपमा १४७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकोमा  ११३ वटा योजनाहरु हालसम्म सम्पन्न भएका छन् भने २३ वटा योजना संझौता भई कार्यान्वयनको चरणमा रहेकोमा वाँकी ११ वटा योजना यद्यपि कार्यान्वयन गर्न वाँकी देखिएका छन् । यसरी वडा बजेटको भौतिक तथा वित्तीय प्रगति वैशाख मसान्तसम्म ७२ प्रतिशत हाँसिल भएको छ ।

२५. १० बटै वडामा रु १ करोडको लागतमा निर्माणाधीन ठुला पूर्वाधार मध्ये वडा नं. ७ को घुम्ति–किवाचोक सडक कालोपत्र सम्पन्न भएको छ । ठुला पूर्वाधार मध्ये सीमा पर्खाल ७ कि.मि., वाटो ढलान २ कि.मि., खानेपानी पाइपलाइन विस्तार ८ कि.मि., भवन निर्माण र मर्मत १०, कुलो निर्माण तथा मर्मत ४ कि.मि., पहिरो नियन्त्रण ५, वाढी नियन्त्रण १, मन्दिर निर्माण तथा मर्मत १० वटा सम्पन्न गरिएको छ । नगरस्तरीय ठुला पूर्वाधारमा वैशाख मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति औषतमा ७० प्रतिशत भएको छ ।

२६. सझौता भई कार्यान्वयनको चरणमा रहेका केही ठुला पूर्वाधार विकासका आयोजना कार्यान्वयनको चरणमा सीमा विवाद, विद्युत तथा टेलिफोनको पोलको कारण केही चुनौतीपूर्ण भए पनि नगरपालिकाको विशेष पहल र लागत साझेदारीमा असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

२७. स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मध्ये संघीय सांसद कोषको रु १ करोड ५ लाखमा नगरपालिकाको तर्फबाट लागत साझेदारी १ करोड ५७ लाख ५० हजार गरी कूल जम्मा रु २ करोड ६२ लाख ५० हजार रकमबाट सडक कालोपत्रे ५०० मिटर, सडक ढलान २०० मिटर, फुटसल निर्माण १, सामुदायिक भवन १, कूलो निर्माण २०० मिटर, सडकस्तर उन्नती १ कि.मि. कार्यका लागि योजना सझौता भएकोमा भौतिक तथा वित्तीय प्रगति ८० प्रतिशत भएको छ ।

२८. प्रदेश सरकारको सशर्त अनुदान रकम रु ८ करोड ३० लाख तथा नगरपालिकाको समपूरक लगानी रु १ करोड सहित कूल रु ९ करोड ३० लाख रकमबाट सडक ढलान ३०० मिटर, पर्खाल सीमांकन ५ कि.मी., सडक चौडा २ कि.मी., विद्यालय भवन (वालकोट प्रा.वि.) १, स्वास्थ्य भवन (वालकोट) १, सिरुटार तथा वालकोट खानेपानी २,  ढल विस्तार २ कि.मी. (धाराटोल) सडक कालोपत्रे (कटुन्जे सल्लाघारी) ३०० मिटरका लागि योजना संझौता भएकोमा वित्तीय तथा भौतिक प्रगति ७० प्रतिशत भएको छ ।

२९. स्थानीय सडक पुल कार्यक्रम अन्तरगतको रु २ करोड ८७ लाख रकम मध्येबाट पक्की मोटरेवल पुल ६ वटा र ट्रस पुल २ वटा मध्ये मोटरेवल पुल ३ वटा सम्पन्न भएकोमा वाँकीको भौतिक तथा वित्तीय प्रगति ७५ प्रतिशत भएको छ ।

३०. नगरपालिकाको स्थानीय साझेदारी कार्यक्रममा नगरपालिको ६० प्रतिशत र आम उपभोक्ताको नगद लागत साझेदारी ४० प्रतिशतबाट रु जम्मा रु ५ करोड ५ लाखबाट ३० वटा योजना छनौट  भएकोमा  २६ वटाको योजना संझौता भएकोमा १५ वटा सम्पन्न भएका छन् ।

३१. सडक वोर्ड कार्यक्रमबाट रु ४५ लाख रकम प्राप्त भएकोमा नगरपालिकाबाट रु ३० लाख लागत साझेदारी गरी रु ७५ लाखबाट सडक पिच ७०० मिटर (कोलडाँडा गाम्चा सडक र जगाती– डोलेश्वर सडक) सडक ढलान २०० मिटर (गुंडु सडक) का लागि योजना संझौता भएकोमा भौतिक तथा वित्तीय प्रगती ३० प्रतिशत भएको छ ।

३२. नगरपालिका क्षेत्रमा संघ तथा प्रदेश सरकार सहित नगरपालिकाको कूल पूँजीगत बजेट रु ४१ करोड ५९ लाख ५० हजार मध्ये २०७६ साल वैशाख मसान्तसम्म २९ करोड रकम खर्च भएकोमा समग्रमा वित्तीय प्रगती औषतमा ७१ प्रतिशत र भौतिक प्रगती ७५ प्रतिशत भएको अवस्था छ ।

३३. श्रोतको अतिउत्तम परिचालन तथा ब्यवस्थापन गर्ने रणनीतिलाई कार्यरुप दिन आर्थिक वर्ष २०७५÷७६ को सुरुदेखि नै रु पाँचलाखभन्दा माथिका भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु खुला प्रतिस्पर्धाबाट सार्वजनिक खरिद ऐन तथा नियमावली बमाोजिम निजी क्षेत्रका निर्माण ब्यवसायीहरु छनौट गरी कार्य गरियो । यसबाट विनियोजित बजेट औषतमा ४० प्रतिशत बचत भएको देखियो । यस्तो बचत रकमलाई पुनः भौतिक पूर्वाधार विकासमा नै थप लगानी गर्ने वातावरण तयार भयो । निजी क्षेत्रका निर्माण ब्यवसायी तथा उपभोक्ता समिति मार्फत गरिएका कार्यहरुको स्थलगत निरीक्षण, योजनागत प्राविधिक जिम्मेवारी र परीक्षणका कारण निर्माण भएका र भईरहेका संरचनाहरुमा लागत प्रभावकारीता कायम हुनुका साथै तोकिएको गुणस्तर कायम गर्न गराउन नगरपालिका सफल भएको छ ।

३४. अनुगमन तथा निरीक्षणका क्रममा निर्माण भएका तथा निर्माणधीन संरचनामा प्राविधिक गुणस्तर न्यून देखिएमा वा तोकिएको मापदण्ड पुरा नभएको प्रमाणित भएमा सम्वन्धित प्राविधिक तथा निर्माण कार्यमा संलग्न निर्माण ब्यवसायी वा उपभोक्ता समितिलाई कारवाही गरी यस्तो कार्यको भुक्तानी समेत रोक्का राख्ने नीतिगत ब्यवस्थालाई कडाईका साथ लागु गरिएको छ ।

३५. नगरपालिकाबाट दिने सेवा तथा विकास निमार्णका कार्यमा सुशासन कायम गर्दै जनताको अपेक्षा अनुरुप सेवा प्रवाह व्यवस्थित बनाउन प्रशासनिक नेतृत्व रणनैतिक रुपमा परिचालन भएको छ । वडा तथा नगर कार्यपालिकामा कार्यरत कर्मचारीको आचरण र व्यवहार नागरिक मैत्री बनाउदै “सुशासनलाई टेवा ः मुस्कान सहितको सेवा”लाई ब्यवहारमा लागु गर्न सूर्यविनायक नगरपालिकाका कर्मचारीहरुको कर्मचारी आचार सहिंता, २०७६ स्वीकृत गरी लागु गरिएको छ । सेवा प्रवाहमा वेवास्था गर्ने र तोकिएको कार्यविधि तथा नियमको उलंघन गर्ने कर्मचारीको पहिचान गरी तत्काल कानूनी कारवाही गर्ने व्यवस्था मिलाइएको छ । इमान्दार तथा सक्षम कर्मचारीहरुको लागि उपयुक्त पदको चयन गर्दै थप जिम्मेवारी प्रदान गर्नुका साथै यस्ता कर्मचारीहरुको उच्च मनोवल कायम गर्दै बृत्ति विकास, पुरस्कार र थप प्रोत्साहन भत्ता समेत दिने नीति लिइएको छ ।

३६. नगर कार्यपालिकाको सेवालाई प्रभावकारी बनाउन संगठन संरचनामा परिमार्जनका साथै सूर्यविनायक नगरपालिकाका कर्मचारीहरुको लागि स्थानीय सेवा ऐन तथा नियमावली आगामी पाँचौ नगरसभा समक्ष पेश गर्ने कार्यगत ब्यवस्था मिलाइएको छ ।

३७. सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि २०७५ साल वैशाख १० गते नगर प्रमुखको संयोजकत्वमा रहेको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वैठकबाट रु १ अर्व ३० करोडको बजेट पेश गर्ने निर्णय भएको छ । जुन रकम आर्थिक वर्ष २०७५÷७६ को लागि स्वीकृत बजेटभन्दा १७० प्रतिशत वरावर वढि रकम

हुनेछ ।

३८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र यस नगरपालिकाबाट स्वीकृत नीति, ऐन नियम र कार्यविधि अनुरुप वस्ती तथा वडातहबाटै योजना तथा कार्यक्रमहरुको छनौटमा नागरिकहरुको प्रत्यक्ष संलग्नतामा हुन सकोस भनी वडागत बजेट सिलिंग र योजना तथा कार्यक्रम छनौटको मार्ग दर्शन पठाईको छ । वडा तहमा आर्थिक वर्ष २०७६÷७७ का लागि योजना तथा कार्यक्रम छनौटको प्रक्रिया सुरु भएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि वडागत सिलिगं रु १ करोड २७ लाख तोकिएको छ भने ठूला पूर्वाधार निर्माणको बजेट वडागत संन्तुलन मिलाउने गरी नगरकार्यपालिकाबाट निर्धारण गर्ने नीति लिइएको छ ।

३९. उप–प्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले २०७६ साल बैशाख १२ गते देखि आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार पार्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा छलफल गर्ने, योजना तथा कार्यक्रम बीच दोहोरापना हुन नदिन संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने, योजना तथा कार्यक्रम बीचमा आपसी तादाम्यता तथा परिपूरकता कायम गर्ने जस्ता क्षेत्रमा महत्वपूर्ण कार्य गरिहेको छ ।

४०. निर्वाचित जनप्रतिनिधि वहाल भएको पहिलो वर्ष संविधानको प्रावधान बमोजिम संस्थागत संयन्त्र तयार पार्ने, कानूनी संरचनाका लागि दस्तावेजको तयारी र स्वीकृत गर्ने तथा कर्मचारी ब्यवस्थापन गर्दै स्थानीय सरकारको रुपमा स्थापित गर्न महत्वपूर्ण समय ब्यथित गर्नु परेको थियो ।

४१. पहिलो वर्ष गरिएका कतिपय कार्यहरुका कारण दोश्रो वर्षको कार्यकालका लागि जनअपेक्षा अनुरुप कार्य गर्न संस्थागत तथा कार्यगत रुपमा केही सहजता अनूभूति भएपनि नेपाल सरकारको नीति अनुरुप कर्मचारी समायोजन हुँदा फेरी प्रशासनिक संरचनामा संक्रमणकाल देखियो । तथापि नयाँ आउने र जाने कर्मचारीहरु बीचको संन्तुलन कायम गर्न नगरपालिका सफल भएकोले सूर्यविनायक नगरपालिकाले प्रशासनिक रुपमा असहजता अनुभूति गर्नु परेन । अवका दिनमा प्रशासनिक रुपमा नगरपालिकामा कार्यरत कर्मचारीहरुको स्थायित्व हुने हुँदा उनीहरुको क्षमता, विवेक र सिर्जनशीलताबाट नगरवासीमा प्रवाह गरिने सेवा र विकासका कार्यमा नतिजामूलक प्रतिफल कायम हुनेमा निर्वाचित जनप्रतिनिधि विश्वस्त भएको अवस्था छ ।

४२. सूर्यविनायक नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु बीचमा रहेको आपसी सद्भाव, आदरभाव, सहकार्यको संस्कृति र जनताको सेवा प्रतिको प्रतिवद्धता एवम् एकताको असल अभ्यास वास्तवमा अन्य स्थानीय सरकारका लागि समेत अनुपम र अनुकरणीय भएकोमा म नगरप्रमुखको तर्फबाट सम्पूर्ण निर्वाचित जनप्रतिनिधि र नगरका सबै राजनैतिक दलप्रति उच्च सम्मान प्रकट गर्दछु । साथै, नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणको कार्यमा सदा मार्ग दर्शन, सहयोग, सल्लाह, सुझाव, बजेट तथा श्रोत ब्यवस्थापन, अनुगमन तथा मूल्यांकन, नगरक्षेत्रका विविध गतिविधिमा सदा साथ दिनुहुने संघीय संसदका सभासद तथा पूर्व मन्त्री श्री महेश वस्नेत ज्यू प्रति सम्पूर्ण नगरपालिका परिवारको तर्फबाट आभार प्रटक गर्दछु । आगामी दिनमा समेत सूर्यविनायक नगरपालिकालाई नेपालकै एक उत्कृष्ट र सफल नगरपालिका बनाउन हामी सबैको यस्तै योगदान, सहकार्य र असल संस्कृतिको अपेक्षा समेत गरेको छु ।

४३. दुई वर्षको सिकाई र अभ्यासबाट आगामी तीन वर्षको कार्यकालमा हरेक दिन सूर्यविनायक नगरपालिकाको समृद्धि र विकासमा अहोरात्र खट्ने, जुट्ने, उपलब्ध श्रोत र साधनको वित्तीय जोखीम रहित ब्यवस्थापन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै यस नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने प्रतिवद्धता ब्यक्त गर्दछौ ।

४४. नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणको कार्यमा सदा सहयोग र साथ दिने प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लास्थित संघ तथा प्रदेशका कार्यालयहरुप्रति नगरपालिका परिवार धन्यवाद ज्ञापन गर्दै आगमी दिनमा समेत यस्तो सहयोग र सहकार्यको अपेक्षा राख्दछ ।

४५. अन्त्यमा, यस नगरपालिकाले दैनिक रुपमा सम्पादन गर्ने सेवा र विकास ब्यवस्थापनका कार्यमा राज्यको चौथो अंगका रुपमा सञ्चार जगतले खेलेको भूमिका तथा सम्प्रेषण गरिएका समाचारहरुको नगरपालिका परिवारले उच्च मूल्यांकन गरेको छ । आगामी दिनमा समेत सञ्चार जगतका सञ्चार कर्मी मित्रहरुबाट आवाज, दृश्य, अक्षर र चित्रबाट नगरपालिका क्षेत्रमा भए गरेको गतिविधिहरुलाई आम नागरिक समक्ष सत्य, तथ्य र यथार्थ रुपमा संप्रेषण गर्दै नागरिकको संविधान प्रदत्त सूचनाको हकको मौलिक अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्नेमा नगरपालिकाले अपेक्षा गरेको छ ।  धन्यवाद ।

 

वासुदेव थापा

नगर प्रमुख

 

 

Supporting Documents: