FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

यस सूर्यविनायक नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका देहायका लाभग्राहीहरुरुको यस आ. व २०७९/०८० को लागि सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बाँकी रहेको हुँदा सुचना जारी गरी २०७९ कार्तिक मसान्तभित्र  सम्बन्धित वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्नुहुन अनुरोध छ ।

यदि तोकिएको समय भित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण नभएमा उक्त लाभग्राहीको नाम प्रणालीबाट हट्नेछ ।

पुनः नयाँ लाभग्राहीका रुपमा नाम दर्ता गर्नु पर्नेछ र सो विचको अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नयाँ लाभग्राहीले निवेदन दिएको अर्को महिना देखि मात्र भत्ता पाउने भएकोले समयमा नै नामावलीमा सूचिकृत हुन आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरौं ।

सूर्यविनायक नगरपालिका

कटुञ्जे, भक्तपुर

Supporting Documents: