FAQs Complain Problems

समाचार

सूर्यविनायक नगरपालिकाद्वारा सिपमुलक कार्यक्रमको अयोजना

सूर्यविनायक नगरपालिकाले विभिन्न प्रकारका सिपुमल कार्यक्रमको आयोजना गरिरहेको छ । घरेलु तथा साना उद्योग समिति त्रिपुरेश्वको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिकाका जनतालाई लक्षित गर्दै सात दिने डकर्मी तालिम संचालन गरिहेको छ । तालिममा १६ जनाको सहभागिता रहेको छ । सो तालिम शनिवार देखि शुरु भएको र आगामी शुक्रवारसम्म संचालन हुने  छ । एक हप्ताको हुने सोे तालिम लिए वापत प्रत्येकलाई दैनिक रु १५० नास्ता र दैनिक रु ७५० दैनिक भत्ता दिइएको छ । डकर्मी तालिम लिने तालिमकर्तालाई सो दैनिक भत्ता नगरपालिकाले उपलब्ध गराएको हो ।