समाचार
नगर सभाको २०औं अधिवेशन सम्पन्न ।
आर्थिक वर्ष २०८३/८४ का लागि नगरको समग्र विकास र समृद्धिको खाका कोर्दै कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित भएको छ ।
यो बजेटले नगरको पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सूचना प्रविधि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राख्दै 'दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर' को साझा संकल्पलाई साकार पार्न महत्त्वपूर्ण दिशा निर्देश गर्नेछ।