FAQs Complain Problems

Photo Gallery

"सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरूद्धको अभियान" भन्ने नारा सहित NOV 25, 2022 देखि DEC 10, 2022 सम्म सूर्यविनायक नगरपालिकाले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान मनाउन सुरू गरेको छ ।

, , ,

मिति २०७९/०७/२५ गते सूर्यविनायक नगरकार्यपालिकाको कार्यालयमा वित्तीय संस्थाहरू संग बसेको अरनिको राजमार्ग ISLAND व्यवस्थापन सम्बन्धि समन्वय बैठक 

, , ,

सूर्यविनायक नगरकार्यपालिकाको कार्यालयमा आयोना भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को नमुना मतदान कार्यक्रम ।

, , , , , , , , , , , , , , , , , , , , , , ,

सूर्यविनायक नगरपालिकाको अनुगमन तथा सुपरिवेक्क्षण कार्यविधि २०७९ का सम्बन्धमा वडा प्राविधिक र वडा सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

, , , , , , , , , ,

सूर्यविनायक नगरपालिका बाट सञ्चालित सूर्यविनायक नगर अस्पताल जगाती लाई सुविधा सम्पन्न अस्पताल बनाउने उद्देश्य बाेकेकाे सूर्यविनायक नगरपालिकाकाे लामाे प्रयत्न पश्चात भवन निर्माणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बजेट विनियाेजन भई उक्त भवनका लागि तयार भएकाे विस्तृत परियाेजना प्रतिवेदन (DPR) आज मिति २०७९/०६/१२ गतेका दिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर प्रमुख श्री बासुदेव थापा ज्यू सहित व्यवस्थापन समितिका पदाधिकारीहरूकाे उपस्थितीमा प्रस्तुत गरियाे । DPR काे मस्याैदा उपर उप प्रमुख श्री सरिता तिमसिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र प्रसाद कडेल, नगरपालिकाका प्रवक्ता श्री रविन्द्र सापकाेटा लगायन वरिष्ठ ई. जनक न्याैपाने एवम् अन्य पदाधिकारीहरूले विभिन्न सुझावहरू प्रस्तुत गर्नु भयाे । नगर प्रमुख ज्यू का तर्फ बाट यस प्रस्तुतिका क्रममा प्राप्त सुझावहरूलाई समेटेर १ साता भित्र अन्तिम प्रतिवेदन नगरपालिका समक्ष पेश गर्न निर्देशन दिदै तत्काल निर्माण प्रकृया अगाडी बढाइने विषय जानकारी भयाे ।

, , , ,
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

सम्माननिय प्रधानमन्त्रि ज्यूकाे प्रमुख आतिथ्यतामा प्रधानमन्त्रि राेजगार कार्यक्रमकाे शुभारम्भ समाराेह

, , , , , , , , , , , , , , ,

सूर्यविनायक नगरपालिका वडा नं. ५ र ७ जोड्ने बुढिगण्डकी खोला पुलको शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य माननिय महेश बस्नेत, नगर प्रमुख बासुदेव थापा ज्यू । उक्त पुल एक करोड ३७ लाख ८४ हजारमा निर्माण गरीएकाे हाे ।

, , , , , ,

सूर्यविनायक नगरपालिकामा प्रथम जननिर्वाचित प्रतिनिधिहरु पद वहाली गरेको २ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम

, , , , , , , , ,

सूर्र्यिवनायक नगरपालिकाले 2076-01-30 गते आईतबार पलाँसे स्थित फनपार्कमा आयोजना गरेको बृहत् एकिकृत घुम्ती शिविर तथा निःशुल्क स्वास्थ्य शिविर, नगरापालिकाले गाउँगाउँमा सेवा पुर्याउने उद्देश्यले वडा नम्बर ९ र १० का नागरिकलाई केन्द्रीत गरी बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरी ४ हजार ४ सय आठ स्थानीयलाई सेवा प्रदान गरेको हो । शिविरमा सरकारी सेवातर्फ नागरिकता वितरण, अपाङ्ग परिचय पत्र वितरण, मतदाता नामावली सङ्कलन, जेष्ठ नागरिक परिचयपत्र लगायत जिल्ला प्रशासन कार्यालय, नगरपालिका र अन्य सरकारी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा उपलब्ध गराइयाे ।

शिविरमा माटो परीक्षण तथा बाली उपचार सेवा, मौसमी तरकारी बिउ बिजन एवम् बिरुवा वितरण, कृषि प्रविधि प्रसारण, व्यवसाय तथा घरेलु उद्योग दर्ता, पशु सेवा तर्फ नाम्ले जुकाको औषधि वितरण, गोबर जाँच, पशु स्वास्थ्य शिविर एवम् परामर्श, पशु बीमा तथा व्यवसाय लगायतको सेवा प्रदान गरिनुका साथै प्रतिव्यक्ति दुईकिलो धानको बिऊ निःशुल्क वितरण गरिएको थियो । शिबिरमा ७ सय ५२ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको ,३ सय ८३ जनाले गोबरजाँच सहित पशुसेवा लिएको ,एक हजार १ सय ९ जनालाइ धानको बीउ बितरण गरीएकाे छ ।
परिवार नियोजन संघ काठमाडौं जडिबुटी शाखाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण र परामर्श सञ्चालन गरेको थियो ।स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखारोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरेको थियो ।

, , , , , , , , , , , , , ,

प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत ज्यूबाट मिति २०७५ फागुन १ गते शिलान्यास भई दुर्तगतिमा काम भैरहेकाे सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु र वडा नं ४ दधिकाेट जाेड्ने गाेकुलघाट खाेला पुलकाे सल्याप ढलानकाे स्थलगत निरीक्षण गर्नुकाे साथै देखिएका त्रुटिहरु सुधार्न सुझाव दिदै माननीय महेश बस्नेत,सु.न.पा.मेयर बासुदेव थापा र नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा सहितकाे टिम।

, , , , , , , , , ,

सूर्यविनायक नगरपालिकाले आयोजना गरेको पाँच दिने महिला लक्षित तालिम समारोहको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत ज्यूले गर्दै सांसद बस्नेतले समावेशी लोकतान्त्रीक व्यवस्था संसारकै एउटा नमुना व्यवस्था भएको र संविधानत ३३ प्रतिशत महिलाको हकलाई सुरक्षित गर्न सफल भएको भएको बताउनुभयो । उहाँले सहभागिता र समावेशीतालाई संविधानले विशेष ध्यान दिँदै संविधानले राज्यको शक्तिलाई विभाजन गरेको र त्यसलाई अक्षरस पालना तथा अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले सूर्यविनायक नगरपालिकामा २७ लाख रुपैंया उद्यम घर निर्माण गर्ने रकम छुट्याएको जानकारी गराउँदै सांसद बस्नेतले एउटा जिल्लामा एउटा हाटबजार व्यवस्था गर्ने भनि प्रत्येक जिल्लामा १० लाख छुट्याएको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा तथा उपप्रमुख जुनादेवी वस्नेतले नगरपालिकामा महिलाले उत्कृष्ट कामहरु गरिरहेको जानकारी गराउँदै महिलाको लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि नहुने बताउनुभयो । उहाँले महिलाले पाएको अधिकारलाई क्षमता वृृद्धि र विकासमा लगाउनु पर्ने भन्दै आगामी निर्वाचनमा उपमेयर, उपप्रमुख लगायतका ठाउँमा नभई राज्यका प्रमुख कार्यकारी पद सञ्चालन गर्ने गरी क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिम अवधिमा ६० जना महिलालाई कानुन, सहकारी, महिला सशक्तिकरण, इलोक्ट्रोनिक तथा मनोपरामर्श सम्बन्धी तालिम दिईने भएको छ ।

, , ,

Chief Guest Ex-Minister, Member of Parliament Hon'bl Mahesh Basnet inagurated 62nd National Co-operative day celebration at Suryabinayak Municipality

, , , , , , , , , ,

सुर्यविनायक नगरपालिका बहाल कर स्वय घोषण अभियान वडा नं ४ बाट प्ररम्भ, हाल सम्म सबै वडाका गरी ५०० जना वाट बाहाल करको स्व्यम घोषण 

, , , , ,

१० दिने English Teaching Methodology कार्यक्रम समापन समाराेह

, , , , , , , , , ,

महा शिबरात्री २०७५ काे दिनमा केदारनाथकाे शिर डाेलेश्र्वर महादेव मन्दिरकाे मुल प्रबेश द्वाराकाे शिलान्यास गर्दै नगरप्रमुख बासुदेव थापा । सुर्यबिनायक नगरपालिकाले रु २० लाख लागतमा प्रबेशद्वार निर्माण गर्न लागेकाे हाे । नगरपालिकाले निर्माण गर्नलागेकाे शिव सर्किटकाे मुख्य मन्दिर केदारनाथकाे शिर डाेलेश्र्वर हाे,। शिव सर्किटमा बालकाेटमा रहेकाे गुप्तेश्र्वर ,धर्मेश्र्वर, सिरुटारमा रहेकाे साेमलिङ्गेश्र्वर दधिकाेटमा रहेकाे अनन्तलिङेश्र्वर,गुण्डूमा रहेकाे रामभत्तेश्र्वर ,कटुन्जेमा रहेकाे सुकर्णेश्र्वर सिपाडाेलमा रहेकाे डाेलेश्र्वर ,अासापुरेश्र्वर नंखेलमा रहेमाे नन्दकिश्र्वर चितपाेलमा रहेकाे लटरम्मेश्र्वर पर्दछन।

, , , ,

हनुमन्ते नदी सफाइ अभियानकाे ५१ अाैं हप्ता वाकाथुन तथा झण्डा झण्डाेत्ताेलन कार्यक्रम

, , , , , , , ,

सूर्यविनायक नगरपालिका ७ गुण्डुमा एकीकृत घुम्ति सेवा तथा नि शुल्क स्वास्थ्य शिविर संचालन भव्यताका साथ २०७५।११।०३ मा सम्पन्न भयाे ।

, , , , , , , , , http://suryabinayakmun.gov.np/sites/suryabinayakmun.gov.np/files/styles/medium/public/gallery/2019_02_15_11_06_IMG_9983.JPG?itok=sCEfstZM, , ,

भैरबी अाधारभुत िबद्यालय  पक्कि भवन शिलान्यास माननिय श्री महेश बस्नेत ज्यूबाट सम्पन्न गरियाे ।

, ,

सूर्यविनायक नगरपालिकाले हालसम्म भएका कामकाे प्रगति विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै ।

, , , , , , ,

किसानकाे हक अधिकार र कार्यान्वयन सम्बन्धी नगर स्तरिय कार्यसाला गाेष्टी

, , ,

सुर्यबिनायक नगरपालिका ७ नं वडाकाे (साबिक गुण्डू ८) मगरगांऊ मूल सडक बिस्तारकाे शिलान्यास गर्दै नगरप्रमुख बासुदेब थापा

, ,