FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचिकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचिकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

यस नगरपालिका क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुको २०७९ साल श्रावण १ गते देखि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्य भैरहेको अबगत नै छ ।

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने अन्तिम म्याद २०७९ साल भदौ मसान्त सम्म मात्र रहेकाले उक्त समय भित्र नवीकरण गर्नका लागि सामाजिक सुरक्षा भत्ता परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र लिई आ–आफ्नो वडा कार्यालयमा स्वयं वा संरक्षकर/माथवर उपस्थित भई अनिवार्य रुपमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न//गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।

यदि तोकिएको समय भित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण नभएमा उक्त लाभग्राहीको नाम प्रणालीबाट हट्नेछ ।

पुनः नयाँ लाभग्राहीका रुपमा नाम दर्ता गर्नु पर्नेछ र सो विचको अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नयाँ लाभग्राहीले निवेदन दिएको अर्को महिना देखि मात्र भत्ता पाउने भएकोले समयमा नै नामावलीमा सूचिकृत हुन आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरौं ।

सूर्यविनायक नगरपालिका

कटुञ्जे, भक्तपुर