FAQs Complain Problems

संक्षिप्त परिचय

ऐतिहासिक पृष्ठभुमि तथा नामाकरण

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

भौगोलिक स्थिति

यो नगरपालिका बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्लामा पर्दछ । भौगोलिक दृष्टिबाट यो नगरपालिका पुर्व देशान्तर ८५० २३’ देखि ८५० २९’ को विचमा र उत्तर आक्षांश २७० ३७’ देखि २७० ४०’ को विचमा पर्दछ ।

  • नगरपालिकाको क्षेत्रफल : ४२.४५ वर्ग कि.मी.
  • उत्तरी आक्षांश : २७० ३७’ देखि २७० ४०’
  • पूर्वी देशान्तर : ८५० २३’ देखि ८५० २९’
  • उचाई : समुद्र सतह देखि १३७२ देखि २०२५ मी. सम्म ।

भौगोलिक बनावट

भौगोलिक बनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ ।

      १. दक्षिण पहाडी क्षेत्र

      २. उपत्यका क्षेत्र

१. दक्षिण पहाडी क्षेत्र : सिपाडोल पहाडी खण्डको पश्चिम कालीटारको पूर्व र चून देवीको दक्षिणी भेगलाई दक्षिणी पहाडी खण्डमा विभाजित गरिएको छ । यो पहाडी इलाकाको उचाइ चूनदेवीबाट बढ्दै गई गुण्डुको दक्षिणी भेगमा २०२५ मिटर सम्मको उचाईमा पुगेको छ । यस पहाडको लम्बाई करिब ४.८ कि.मि. छ । यसबाट उत्पत्ती हुने खोलामा पूर्वतिर सिपाडोल खोला र कल्का खोला दक्षिणबाट बगेर उत्तर तिर हनुमन्ते खोलामा मिल्न जान्छ ।

२. उपत्यका क्षेत्र : काठमाण्डौं उपत्यकाको दक्षिण पूर्वमा अवस्थित यो क्षेत्रको दक्षिण पश्चिममा गोदावरी र चारखण्डे खोलाको जलाधार रेखा तथा पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पश्चिमी सिमाना रहेको छ । यस क्षेत्रको जग्गाको भिरालो पन दक्षिण र पूर्वबाट क्रमशः पश्चिम तिर १–५ डिग्री सम्मको छ । त्यसैले यस क्षेत्रका सम्पूर्ण खोलाहरु पूर्व उत्तर र दक्षिणबाट पश्चिमतर्फ बग्ने गरेका छन् ।